Rule 132
प्रसुति स्याहार बिदा
: (१) कुनै पुरुष सशस्त्र प्रहरी कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसुति स्याहार बिदा लिन   पाउनेछ ।
(२) प्रसुति स्याहार बिदा सेवा अवधिभर दुई पटक मात्र लिन पाईनेछ ।
(३) प्रसुति स्याहार बिदामा बस्ने सशस्त्र प्रहरी कर्मचारीले पुरा तलब भत्ता र रासन  पाउनेछ ।
(४) प्रसुति स्याहार बिदा लिएको सशस्त्र प्रहरी कर्मचारीले बिदा लिएको मितिले तीन महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र निज कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने सशस्त्र प्रहरी कर्मचारीको त्यस्तो अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(६) प्रसुति स्याहार बिदाको अभिलेख सम्बन्धित कार्यालयले अध्यावधिक गरी राख्नु पर्नेछ ।
(७) प्रसुति बिदा तथा प्रसुति स्याहार बिदा पाएका सशस्त्र प्रहरी कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई बच्चाको लागि जनही एकमुष्ठ पाँच हजार रुपैयाँ शिशु स्याहार भत्ता दिईनेछ ।